आज गणतन्त्र दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा
काठमाडौं । आज जेठ १५ गते नेपालमा गणतन्त्र दिवस देशभर विविध कार्यक्रमहरू आयोजना गरी मनाइँदैछ।
२०६५ सालमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ मा गणतन्त्र दिवस मनाइन्छ।
राजधानी काठमाडौंसहित देशका विभिन्न भागमा प्रभातफेरी, झाँकी प्रदर्शन, सांस्कृतिक कार्यक्रम तथा विशेष समारोहहरू आयोजना गरेर यो दिवस मनाउने गरिन्छ।
यस अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।
