११ एसएसपी डीआईजीमा बढुवा सिफारिस

तु खबर संवाददाता
२०८२ जेष्ठ ७,मंगलवार २१:२०

काठमाडौँ । नेपाल प्रहरीका ११ एसएसपीहरु डीआईजीमा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको मंगलबार बसेको बैठकले एसएसपी सुदर्शन प्रसाद कोइरालासहित ११ जनाको बढुवा सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ ।

सिफारिस हुनेमा कोइरालासहित विनोद घिमिरे, दीपेन्द्र घर्ती क्षेत्री (जीसी), दीपक रेग्मी, माधव प्रसाद श्रेष्ठ, दिलीप सिंह देउवा, दीपक कुमार बस्नेत, ओम बहादुर राना, जयराज सापकोटा, सञ्जीव शर्मा दास र सुरेन्द्र बहादुर गुरुङ रहेको बढुवा समितिका सदस्यसचिव दान बहादुर कार्कीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीद्वारा जारी बढुवा सिफारिस सूचीमा भनिएको छ, प्रहरी नायब महानिरीक्षक पदमा बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार सम्बन्धित सबैको जानकारीको लागि प्रकासित गरिएको छ ।