रवि लामिछानेको निवेदनमा सर्वोच्चमा सुनुवाइ सुरु

तु खबर संवाददाता
२०८२ जेष्ठ ६, मंगलवार १२:५४

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई रिहा गर्नुपर्ने माग गर्दै दायर बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।

सर्वोच्च अदालतका न्यायधीशहरु डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा सो रिट सुनुवाइ भइरहेको हो । लामिछानेको तर्फबाट उनकी श्रीमति निकिता पौडेलले रिट दर्ता गरेकी हुन् । हिजो पनि पेशीमा चढेको सो रिट हेर्न नमिल्नेमा परेपछि सुनुवाइ भएको थिएन ।

पटक पटक पेशी सुचीमा चढ्दै हेर्न नमिल्नेमा परेपछि यसबारे सुनुवाइ हुन सकेको थिएन ।

नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद सचिवालय, रुपन्देही जिल्ला अदालत, उच्च अदालत तुलसीपुर बुटवल इजलास , जिल्ला प्रहरी परिसर काठमाण्डौ , कारागार कार्यालय रुपन्देही र जिल्ला प्रहरी कार्यालय रुपन्देही लाई विपक्षी बनाई दायर सो रिट जारी भएमा लामिछाने हिरासतमुक्त हुनेछन् । खारेज भएमा रिटको औचित्य सकिने छ र उनी हिरासतमै रही अन्य मुद्धा लड्नुपर्नेछ ।