प्रतिनिधिसभा बैठक बस्दै, दुई समितिले वार्षिक प्रतिवेदन पेस गर्ने
काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेको लागि तय भएको छ । सो बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले ‘अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको वार्षिक प्रतिवेदन २०८२’ पेस गर्ने सम्भावित कार्यसूची छ ।
त्यसैगरी, कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको वार्षिक प्रतिवेदन, २०८१ र ०८२ पेस गर्ने कार्यसूचीमा उल्लेख छ ।
बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल आज पनि जारी रहनेछ ।
