यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज वैशाख २४ गतेका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार अमेरिकी डलर एकको खरीददर १३४ रुपैयाँ ८० पैसा र बिक्रीदर १३५ रुपैयाँ ४० पैसा कायम भएको छ।
युरोपियन युरो एकको खरीददर १५२ रुपैयाँ ७० पैसा र बिक्रीदर १५३ रुपैयाँ ३८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरीददर १८० रुपैयाँ १४ पैसा र बिक्रीदर १८० रुपैयाँ ९४ पैसा, स्वीस फ्र्याङ्क एकको खरीददर १६३ रुपैयाँ ४० पैसा र बिक्रीदर १६४ रुपैयाँ १३ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरीददर ८७ रुपैयाँ ०५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरीददर ९७ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९८ रुपैयाँ ०१ पैसा, सिङ्गापुर डलर एकको खरीददर १०४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १०५ रुपैयाँ ०२ पैसा निर्धारण गरिएको छ।
जापानी येन १० को खरीददर नौ रुपैयाँ ४३ पैसा र बिक्रीदर नौ रुपैयाँ ४७ पैसा, चिनियाँ युआन एकको खरीददर १८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १८ रुपैयाँ ७६ पैसा, साउदी अरेबियन रियाल एकको खरीददर ३५ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३६ रुपैयाँ १० पैसा, कतारी रियाल एकको खरीददर ३६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३७ रुपैयाँ १५ पैसा कायम भएको छ।