आज संसद् बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने

काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज संघीय संसद्मा प्रस्तुत गर्ने भएको छ ।
संघीय संसद्को दुबै वैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् । नेपालको संविधान बमोजिम राष्ट्रपतिले दुबै सदनको बैठकदलाई सम्बोधन गर्नेछन् ।
बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ ।
संघीय संसद् सचिवालयले बैठकको कार्यसूची तय भएको जनाएको । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाका सदस्यहरुलाई निर्धारित समयभित्र आसन ग्रहण गरिसक्न जानकारी गराएको छ ।
सचिवालयले यही वैशाख २२ देखि २८ गतेसम्म सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्ने र सो नीति तथा कार्यक्रम पारित गर्ने गरी तय गरिसकेको छ । नीति तथा कार्यक्रमको आधारमा आगामी जेठ महिनामा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्नेछन् ।