कैलालीमा मोटरसाईकल दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते

काठमाडौं । कैलालीमा दुई वटा मोटरसाईकल एकआपसमा ठोक्किदा चालकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।
कैलाली जिल्लाको जानकी गाउँपालिका–३ को डुडेझारी सडकखण्डमा वडा कार्यालय अगाडि बुधवार दिउँसो से ५ प २६६० र सुदूरपश्चिम प्रदेश ०१०१२ प ८०७५ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा जानकी गाउँपालिका–८ बस्ने से ५प २५६० नम्बरको मोटरसाइकल चालक १९ वर्षीय राकेश परियारको सेवा नर्सिङ होम नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको छ। अर्का मोटरसाईकल चालक ४५ वर्षीय पुष्कर शाहीको अवस्था पनि गम्भीर रहेको छ।
उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। मोटरसाईकल पछाडि सवार १३ वर्षीया प्रिन्सी शाही र १८ वर्षीय कमल रावलको अवस्था भने खतरामुक्त रहेको छ। उनीहरुको टीकापुर अस्पतालमा उपचार भइरहेको छ।