गभर्नर नियुक्ति ढिलाइले अर्थतन्त्रमा असर,तत्काल नियुक्ति गर्न खतिवडाको माग

तु खबर संवाददाता
२०८२ बैशाख १६,मंगलवार १४:२३

काठमाडौं । सांसद रामहरी खतिवडाले संसदमा बोल्दै नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति नहुँदा अर्थतन्त्रमा नकारात्मक असर परेको बताएका छन् । उनले बजेट अधिवेशनको यो समयमा मौद्रिक नीति र वित्तीय नीतिको प्रभावकारी मूल्याङ्कन गर्नुपर्ने बेला गभर्नरको अभावले स्थिति जटिल बनेको उल्लेख गरे ।

सांसद खतिवडाले तत्काल गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गरी गभर्नर नियुक्त गर्न सरकारलाई आग्रह गरे । उनले अर्थतन्त्रको सुधार र वित्तीय क्षेत्रको विश्वसनीयता कायम राख्न ढिलाइ नगरी निर्णय लिनुपर्ने स्पष्ट पारे ।

त्यसैगरी उनले शिक्षकहरूको विषयमा टिप्पणी गर्दै शिक्षकहरू कुनै एक दलका मात्र नभई सम्पूर्ण देशका साझा धरोहर भएको बताए । शिक्षकहरूलाई बानेश्वरको किनारमा जुलुस निकाल्ने, पानीको फोहरा खुवाउने र गीत गाउने कार्यक्रममै सीमित नराखी तुरुन्त विद्यालयमा फर्काउने वातावरण बनाउनुपर्ने उनले बताए । साथै, शिक्षकका जायज माग सम्बोधन गर्न सरकार लाग्नुपर्ने र हालै नियुक्त शिक्षा मन्त्री रघुजी पन्तले संसदमा आएर जवाफ दिनुपर्ने माग पनि राखे ।