राप्रपाले भोलि प्रदर्शन गर्ने, निषेधित क्षेत्र तोड्ने तयारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । भोलि निषेधित क्षेत्र तोड्ने तयारी राप्रपाको छ ।
राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार भोलिको प्रदर्शनमा अध्यक्ष राजेन्द्र लिङ्देन पनि सहभागी हुनेछन् ।
केन्द्रीय कार्य सम्पादन समितिको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गर्दा सामूहिक गिरफ्तारी दिने तयारी समेत गरेको छ ।