प्रेस सेन्टरको अध्यक्षमा गिरी निर्वाचित
काठमाडौं । माओवादी केन्द्र समर्थित पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालको अध्यक्षमा कमल गिरी निर्वाचित भएका छन् । ३६६ मत ल्याएर गिरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी दीपेन्द्र रावलले १७५ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।
त्यसैगरी वरिष्ठ उपाध्यक्षमा सुरेशचन्द्र अधिकारी ३९७ मतले विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी सुदिप बर्देवाले १११ मत पाए ।
संगठनको महासचिवमा मनोज घर्तीमगर निर्वाचित भएका छन् । उनले ३७९ मत ल्याएका छन् ।
उनका प्रतिद्वन्द्वी दीपेन्द्र शर्माले १४५ मत पाए ।उपाध्यक्ष खुलामा रामसिंह ठगुन्ना, लक्ष्मण खड्का र विवेक गौतम, उपाध्यक्ष महिलामा शान्ता अधिकारी र उपाध्यक्ष समावेशीमा दीपक श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
उपमहासचिव महिलामा लक्ष्मी आचार्य, उपमहासचिव दलितमा हरिश बिक, उपमहासचिव मधेशीमा अनिल मिश्र, उपमहासचिव आदिवासी जनजातिमा बुद्ध लोप्चन निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै उपमहासचिव खुलामा ज्ञानप्रसाद पौडेल १६५ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी बोमलाल गिरीले १५६ मत पाए ।
खुला सचिवमा सुरेन्द्र चालिसे र सन्तोष देउजा निर्वाचित भए । सचिव महिलामा अञ्जली थापा, सचिव समावेशीमा अवतार राई निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
सेन्टरको कोषाध्यक्षमा वसन्त गिरी निर्वाचित भएका छन् ।
निर्वाचन समितिका संयोजक गोविन्द आचार्यका अनुसार, पदाधिकारीमा विभिन्न १२ पदमा निर्वाचन भएको थियो । १७ जना पदाधिकारी निर्विरोध भएका थिए ।



