गार्डियन माइक्रोमा सकारात्मक सर्किट, नेपाल माइक्रोको आइपीओ बाँडफाँडको मिति तय
काठमाडौँ । शेयर बजारमा कारोबारमा आएदेखि नै गार्डियन माइक्रो लाइफ इन्स्योरेन्समा सकारात्मक सर्किट लागिरहेको छ । शेयर रकम निरन्तर बढिरहँदा लगानीकर्ताहरुमा खुसी छाएको छ ।
आज पनि गार्डियनको शेयरमा सर्किट लागेर अर्थात प्रतिकित्ता १२५ रुपैयाँले बढेर एक हजार ३८२ रुपैयाँ पुगेको छ । कम्पनीको शेयरमा आज १६औं दिनमा समेत सर्किट लागेको छ ।
साथै, आत्मनिर्भर लघुवित्तको ६।६६ प्रतिशत, युनिर्भनल पावरको ५।७४ प्रतिशत, बरुण हाइड्रोपावरको ५।६० प्रतिशत र शिव श्री हाइड्रोपावरको ५।३० प्रतिशतले शेयर मूल्य बढेको छ ।
यसैगरी, नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँटको मिति तय भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलका अनुसार आइपीओ बिहिबार ९फागुन २२ गते० बिहान ८ः३० बजे बाँडफाँट हुने भएको हो ।
कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १९ लाख ९७७ जना आवेदकले २ करोड ४४ लाख ८३ हजार २२० कित्ताका लागि आवेदन परेको छ । जसमा १ लाख ८४ हजार ५०० जनाले १० कित्ताका दरले शेयर पाउनेछन् । बाँकी रहेका १७ लाख १७ हजार जनाको हात खाली हुनेछ ।



