परिवार दलद्वारा तमु ल्होसारको शुभकामना

काठमाडौँ । नेपाल परिवार दलका अध्यक्ष एवम् प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले स्वदेश तथा विदेशमा रहेका नेपालीहरुमा सुख, शान्ति, समृद्धि एवम् सुस्वास्थ्यको कामना गर्दै तमु ल्होसार पर्वको शुभकामना दिएका छन् ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक विविधतायुक्त भएको र संविधानको मर्म अनुसार नेपालमा विभिन्न जातजातीको भाषा, संस्कृतिको संरक्षण र विकासमा उल्लेखनीय उपलब्धि हासिल हुँदै आएको उनले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ ।
ढकालले नेपाली समूदायमा रहेका विभिन्न चाडपर्वहरुले नागरिक स्तरमा पनि विविधतामा एकता कायम गर्न र सामाजिक सद्भावलाई सुदृढ बनाउन सहयोग पुर्याएको उल्लेख गरे ।
‘नेपाली समाजमा तमु ल्होसारजस्ता पर्वहरुबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनका साथै यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्नेछ, उनले भने ।
नेपालको सांस्कृतिक परम्पराको संरक्षण तथा संवद्र्धन गर्दै पर्यटन प्रवद्र्धनमार्फत् आर्थिक र सामाजिक रूपमा समृद्ध मुलुक निर्माण गर्नसमेत गुरुङ समुदायको भूमिका प्रशंसनीय रहेको ढकालको कथन छ ।
उनले नेपाल अब आर्थिक उन्नति, सुशासन र दीगो शान्तिको मार्गमा अग्रसर हुनुपर्ने समेत बताए ।