राप्रपा नेपालको तराई मधेस सम्मेलन हुँदै

तु खबर संवाददाता
२०८१ कार्तिक २३, शुक्रबार १८:१२
file-photo

काठमाडौं । राप्रपा नेपालको तराई मधेस सम्मेलन हुँदैछ । सम्मेलन यही कार्तिक २६ र २७ गते पर्साको वीरगन्जमा हुने भएको हो ।

सम्मेलन दुई दिनसम्म संचालन हुनेछ । सम्मेलनमा पार्टी अध्यक्ष कमल थापाले राजनीतिक कार्यपत्र प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको पार्टीका उपाध्यक्ष राजीव पराजुलीले बताए । उनका अनुसार, सम्मेलनमा तराई मधेसको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिमा केन्द्रित रही महत्त्वपूर्ण छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, पार्टीका अर्का उपाध्यक्ष धिरेन्द्र झाले मधेसको विकास र समृद्धिमा देखिएको सम्भावना र चुनौतीका बारेमा कार्यपत्र पेस गर्ने कार्यतालिका रहेको छ ।

सम्मेलनमा तराई मधेस क्षेत्रका २२ जिल्लाबाट २५० प्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ ।