रुसी आक्रमणमा परेर युक्रेनमा ४१ जनाको मृत्यु
किएभ । रुसले गरेको आक्रमणमा परेर युक्रेनी सहरमा ४१ जनाको मृत्यु भएको छ । पूर्वी युक्रेनको सहर पोल्टाभामा रुसले हानेको दुई वटा बालिस्टिक मिसाइल लागेर उनीहरुको मृत्यु भएको हो ।
सो क्रममा कम्तीमा १८० जना घाइते भएको युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले जानकारी दिएका छन् ।
मिसाइलले शैक्षिक संस्था र नजिकको अस्पतालमा क्षति पुर्याएको जनाइएको छ ।
उद्धारकर्मीहरूको समूहले करिब २५ जनाको उद्धार गरेको र यी मध्ये ११ जना भग्नावशेषमा पुरिएको बताइएको छ । अन्यको खोजी कार्य भइरहेको छ ।–एजेन्सी
