सोलुखुम्बुमा हिम पहिरो, तीन घर बगायो

सोलुखुम्बु । सोलुखुम्बुमा हिम पहिरो गएको छ । जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ मा पर्ने खुम्बु थामे क्षेत्रमा हिम पहिरो गएको हो ।
उक्त क्षेत्रमा हिमताल फुटेर आएको लेदोसहितको बाढीले तीन घर बगाएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, हिम पहिरोले ५ वटा घर र एउटा होस्टल जोखिममा परेको छ ।
घटनास्थलमा नेपाली सेनासहितको टोली पुगिसकेको र सो टोलीले उद्दार कार्य गरिरहेको छ ।
मानवीय क्षतिबारे भने हाल केही जानकारी नआएको प्रहरीले जनाएको छ ।