बंगलादेशका प्रधानन्यायाधीशले दिए पदबाट राजीनामा

तु खबर संवाददाता
२०८१ श्रावण २६, शनिबार १६:५८

काठमाडौं । बंगलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले पदबाट राजीनामा दिएका छन् ।

उनले राजीनामा दिएका अन्तरिम सरकारका कानुनमन्त्री प्राध्यापक आसिफ नजरुलले पुष्टि गरेको बंगलादेशको पत्रिका द डेली स्टारले जानकारी दिएको छ ।

शनिबार बिहान १० बजेतिर प्रदर्शनकारीको एक समूहले बंगलादेशको सर्वोच्च अदालतबाहिर प्रधानन्यायाधीश र ७ जना न्यायाधीशको राजीनामा माग गर्दै प्रदर्शनमा उत्रिएका थिए ।