बंगलादेशको संसद् विघटन
काठमाडौं । बंगलादेशको संसद् विघटन भएको छ । बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दीनले संसद् विघटन गरेका हुन् ।
बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेको भोलिपल्ट नै राष्ट्रपति शाहबुद्दीनले संसद विघटन गरेका हुन् ।
राष्ट्रपति शाहबुद्दीनले देशको संसद भंग गर्ने आदेश जारी गरेको राष्ट्रपति कार्यालयले मंगलबार एक सूचना जारी गर्दै जानकारी दिएको हो ।
जारी सूचनामा राष्ट्रपति शहाबुद्दीनसँग तीन सेनाका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका प्रतिनिधि र विद्यार्थी आन्दोलनका नेताहरुको बैठकपछि राष्ट्रिय संसद् विघटन गर्ने निर्णय भएको उल्लेख छ ।
यही माघ ७ गते भएको निर्वाचनपछि उक्त संसद गठन भएको थियो ।-एजेन्सी
