बागमतीका मुख्यमन्त्री लामाले पाए विश्वासको मत

तु खबर संवाददाता
२०८१ श्रावण १५, मंगलवार १७:०९

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले विश्वासको मत पाएका छन् । पहिलो पटक मुख्यमन्त्री बनेका उनले मंगलबार प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका हुन् ।

मुख्यमन्त्री लामाले मागेको विश्वासको मतको पक्षमा ६४ जना र विपक्षमा ३५ जना प्रदेश सभाका सदस्यले मतदान गरेका थिए । १०३ जना सहभागी प्रदेश सभामा ३ जनाले भने कुनै पनि पक्षमा मतदान गरेनन् ।

बैठकमा सभामुख भुवनकुमार पाठकले मुख्यमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्तावमा पाएको मत प्रदेश सभाको बहुमत भएको घोषणा गरे ।

गत साउन ८ गते प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री पदमा लामालाई नियुक्त गरेका हुन् ।

सभामुख पाठकले प्रदेश सभाको अर्को बैठक भोलि साउन १६ गते दिउँसो १ बजे बस्ने गरी आजको बैठक स्थगित गरे ।