राप्रपाले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने

तु खबर संवाददाता
२०८१ श्रावण ३, बिहीबार १७:१९

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने भएको छ ।

बिहीबार बसेको राप्रपा संसदीय दलको बैठकले उक्त निर्णय गरेको दलका उपनेता गिरबहादुर तामाङले जानकारी दिए ।

उनका अनुसार, बैठकले मुख्यमन्त्री जम्कट्टेलले मागेको विश्वासको मतको विपक्षीमा मत दिने निर्णय गरेको हो ।

नेकपा एमालेबाट मन्त्री बनेका पाँच जनाले सामूहिक रुपमा पदबाट राजिनामा दिएपछि अल्पमतमा परेका मुख्यमन्त्री जम्कट्टेलले यही साउन ६ गते आइतबार विश्वासको मत लिने भएका छन् ।

विश्वासको मत लिने कार्यका लागि प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले आइतबार दिउँसो १ बजे बस्ने गरी प्रदेश सभा बैठक आह्वान गरिसकेका छन् ।