सेयर बजार ५४ अंकले बढ्यो, १२ अर्ब भन्दा बढीको कारोबार
काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५४ दशमलव ०४ प्रतिशतले बढेको छ ।
अघिल्लो दिन ७० दशमलव १८ प्रतिशतले बढेको सेयर बजार बुधबार पनि बढ्दै १ हजार ३६४ दशमलव ६३ को बिन्दुमा पुगेको नेप्सेले जनाएको छ ।
यस्तै, आज बुधबार ३ करोड २० लाख ९५ हजार ९३७ कित्ता सेयर कारोबार हुँदा १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार ११३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सबै उपसूचकहरूमा हरियाली छाएको छ ।



