मुगु केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस
काठमाडौं । मुगुमा आज बिहान भूकम्प धक्का महसुस भएको छ ।
बिहान ४ बजेर ४० मिनेटमा मुगुको दार्मा आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस भएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, भूकम्प ३ दशमलव ९ म्याग्निच्युडको रहेको थियो ।
मुगुसहित आसपासका जिल्लामा धक्काको महसुस गरिएको थियो ।