जापानमा प्राविधिक श्रमिक पठाउने संस्थालाई सूचीकृत हुन आग्रह

तु खबर संवाददाता
२०८१ श्रावण १, मंगलवार १५:०४

काठमाडौँ । जापानमा प्राविधिक श्रमिक पठाउने संस्थाहरुलाई सूचीकृत हुन वैदेशिक रोजगार विभागले आग्रह गरेको छ ।

विभागले सूचना जारी गर्दै वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजत पत्र प्राप्त गरी वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ३ बमोजिम योग्यता पुगेका इजाजतपत्रवाला संस्थाहरुले विभागमा सूचीकृत हुनुपर्ने उल्लेख गरेको छ ।

‘नेपाली प्राविधिक अभ्यासार्थी जापान पठाउने निर्देशिका, २०६६ (दोस्रो संशोधन २०७१) को दफा १६ को उपदफा (२) तथा (३) बमोजिम सूचीकृत हुनको लागि १५ दिनभित्र विभागमा निवेदन दिन अनुरोध गरिएको छ,’ सूचनामा भनिएको छ ।

विभागले यसअघि सूचीकृत भई नवीकरण बहाल रहेका इजाजतपत्रवाला संस्थाहरूले भने पुनः सूचीकृत हुनु नपर्ने जनाएको छ ।