हेटौंडा ब्यायाम पार्क परिषरमा सरसफाई कार्यक्रम

मकवानपुर । आदिकवि भानुभक्त आचार्यको २११ औं जन्मजयन्तिको अवसरमा हेटौंडा–१, स्थित राप्ती नदी तटमा रहेको हेटौंडा ब्यायाम पार्क परिषरमा सरसफाई कार्यक्रमको आयोजना गरिएको छ ।
रामेछाप काभ्रेमैत्री समाज मकवानपुर र बागमती प्रदेश प्रहरी गण हेटौंडाको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो ।
काभ्रेमैत्री समाज मकवानपुरका अध्यक्ष मानबहादुर लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगर पालिकाकी मेयर मिनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियोे ।
कार्यक्रममा प्रहरी निरीक्षक शोभन बिक्रम राणा, प्रहरी निरीक्षक कैलाश चौधरी, परीक्षा बोर्ड शाखा प्रमुख कृष्ण प्रसाद घिमिरे, समाजका सविच शुक्रराज लामा, नगर प्रहरी बल, नगर वातावरण शाखा प्रतिनिधिहरु लगायतकाको सहभागिता थियो ।