कैलालीमा बाढीले बगाउँदा एक जनाको मृत्यु
कैलाली । कैलालीमा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गौरीगङ्गा नगरपालिका नगरपालिका–११ की २० वर्षीया सुस्मिता चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीलृ जनाएको छ ।
प्रहरीका अनुसार, स्थानीय कटैनी खोलामा आएको बाढीले बगाउँदा चौधरीको मृत्यु भएको हो । काठेपुल तर्ने क्रममा बाढीले बगाउँदा चौधरीको मृत्यु भएको हो ।
