आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

तु खबर संवाददाता
२०८१ असार २०, बिहीबार ०९:२८
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशको केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको हो ।

उक्त प्रदेशहरुमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।

महाशाखाका अनुसार, हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र त्यसको प्रभावले देशभर साधरणतयादेखि पूर्णतया बदली रहेको छ । साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।