अशोक राई नेतृत्वको जसपा बैठक बस्दै, सरकारबारे निर्णय गर्ने

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको बैठक बस्दैछ । बैठक मंगलबार बिहान १० बजे बस्ने गरी बोलाइएको हो ।
बैठकले पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारमा सहभागी हुने की नहुने भन्ने बारे निर्णय गर्ने जनाइएको छ ।
नेपाली कांग्रेस र नेकपा एमालेबिच सोमबार मध्यरातमा नयाँ सरकार गठनका लागि सहमति भएको छ । ती दुई ठूला पार्टीबीच नयाँ सरकारबारे सहमति भएसँगै अहिले विभिन्न राजनीतिक दलहरु आन्तरिक छलफलमा जुटेका छन् ।