हेटौंडामा नेपाली जुत्ताघरको सोरुम संचालन
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १, राप्तिरोडमा नेपाली जुत्ताघरको सोरुम संचालनमा आएको छ ।
उक्त सोरुमको शुक्रबार बागमती प्रदेश, उद्योग, वाणिज्य, भूमी तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् । सो क्रममा बोल्दै मन्त्री श्रेष्ठले नेपाली ब्राण्डका जुत्तालाई बजारीकरण गर्न आवश्यक पहल गर्ने दृढता व्यक्त गरे ।
उनले उत्पादनको तुलनामा नेपाली जुत्ता, चप्पलको बजारीकरण नभएकोमा दुःख व्यक्त गर्दै त्यसका लागि व्यवसायी र सरोकारवालाहरुले सम्भाव्यता क्षेत्र अध्ययन गरी आवश्यक पहल गर्नुपर्नेमा जोड दिए ।
भन्सार नियमनमा कडाई नहुँदा, बढ्दो विदेशी आयात आदिले गर्दा नेपाली ब्राण्डका जुत्ताहरु उत्पादन भएअनुसारको बजारीकरण नभएको उनले उल्लेख गरे ।
नेपाली जुत्ता उद्योगको अवस्था र बजार स्थितिलाई मध्यनजर गर्दै प्रदेश सरकारले उद्यमशीलता तालिम प्रदान गरी व्यवसाय गर्न व्याज अनुदानको सहुलियत व्यवस्थापन गर्ने निती तथा कार्यक्रम लेराएको बताए ।
उक्त सोरुमा विएफ डियरहिल सुज, रन सुज, स्मार्ट सुज, क्रसरोड सुज, गोल्डस्टार, ब्लयाक हर्स, फस्ट वाल्क सुज, सांग्रीला सुजका ब्राण्डका जुत्ता चप्पलहरु बिक्री वितरणका लागि राखिएका छन् ।
