स्याङ्जामा पहिरोले घर बगाउँदा आमा–छोरीको मृत्यु
पोखरा । अविरल वर्षाका कारण पहिराले घर बगाउँदा स्याङ्जामा आमा–छोरीको मृत्यु भएको छ ।
जिल्लाको फेदीखोला गाउँपालिका वडा नम्बर ५, बाँगस्थित दुर्गा जिटीको घर पहिरोले बगाउँदा आमा–छोरीको मृत्यु भएको स्याङजा प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा स्थानीय ३१ वर्षीय दुर्गा जिटी र उनकी ३ वर्षीय छोरी निकिसा जिटी रहेका छन् । घरमा सुतिरहेकी उनीहरुको पहिरोमा परेर घटनास्थलमै मृत्यु भएको हो ।
