मकवानपुरमा चट्याङ लागेर दुई जना घाइते

मकवानपुर । मकवानपुरमा चट्याङ लागेर दुई जना घाइते भएका छन् । जिल्लाको राक्सिराङ र मनहरी गाउँपालिकामा गरी दुई जना चट्याङ लागेर घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ ।
घाइते हुनेहरुमा मनहरी गाउँपालिका–८ सिमपानीस्थित श्री महेन्द्र माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्यनरत १५ वर्षीया बालिका र राक्सिराङ गाउँपालिका–४ का ३५ वर्षीय टीकाराम मोक्तान रहेका छन ।
प्रहरीका अनुसार, मंगलबार दिउँसो ३ बजेतिर चट्याङ लागेर विद्यालयबाट घर फर्कदैँ गरेकी १५ वर्षीय बालिका घाइते भएकी हुन । उनको अवस्था मध्यम रहेको र मनहरी अस्पतालमा उपचार भैरहेको छ ।
यस्तै, मंगलबार दिउँसो साढे ३ बजेतिरको समयमा चट्याङ लागेर राक्सिराङका मोक्तान घाइते भएका हुन् । घाइते उनलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र राक्सिराङ लगिएको जनाइएको छ ।