शुक्रबार सुनचाँदीको भाउ बढ्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको भाउ बढेको छ । आज सुन प्रतितोला १ हजार ९०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार, भाउ बढेसँगै साताको कारोबारको अन्तिम दिन छापावाल सुन तोलामा १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ५५ रुपैयाँमा कारोबार भएको महासंघको भनाइ छ ।
यसैगरी, आज चाँदीको भाउ पनि बढेको छ । अघिल्लो दिनको तुलनामा आज चाँदी प्रतिकिलो २५ रुपैयाँले बढेको हो । बिहीबार प्रतितोला १ हजार ८४० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार बढेर १ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको छ ।