बागमती सरकारले ल्यायो ६४ अर्ब ५४ करोडको बजेट
मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१–०८२ को लागि ६४ अर्बभन्दा बढीको बजेट ल्याएको छ । प्रदेश सरकारले आगामी वर्षका लागि ६४ अर्ब ५४ करोड ४ लाख रुपैयाँको बजेट ल्याएको हो ।
आन्तरिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले शनिबार प्रदेश सभामा सरकारको तर्फबाट उक्त बजेट प्रस्तुत गरेका हुन् ।
उनले बैठकमा कुल बजेटमध्ये चालूतर्फ २६ अर्ब १० करोड १६ लाख रुपैयाँ र पुँजीगत तर्फ ३६ अर्ब ९३ करोड ८७ लाख रुपैयाँ एवम् वित्तीय व्यवस्थापनतर्फ १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको बताए ।
प्रदेश सरकारले कुल विनियोजनको चालूतर्फ ४० दशमलव ४४ प्रतिशत, पुँजीगततर्फ ५७ दशमलव २३ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ २ दशमलव ३२ प्रतिशत बजेट छुट्ट्याएको छ ।
