बागमती बजेटः कानून मन्त्रालयका लागि ४४ करोड विनियोजन
मकवानपुर । बागमती प्रदेश सरकारले आन्तरिक मामिला तथा कानून मन्त्रालयको लागि ४४ करोड विनियोजन गरेको छ ।
प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१–०८२ को लागि बजेट प्रस्तुत गर्दै सो बारे जानकारी गराएका हुन् ।
