बागमती बजेटः ‘एक घर, एक विरुवा रोपण’ कार्यक्रमको घोषणा

तु खबर संवाददाता
२०८१ असार १, शनिबार १९:१८

मकवानपुर । बागमती प्रदेश सरकारले ‘एक घर, एक विरुवा रोपण’ कार्यक्रमको घोषणा गरेको छ ।

प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१–०८२ को लागि बजेट प्रस्तुत गर्दै सो कार्यक्रमको घोषणा गरेका हुन् ।

उनले ‘हरित सहर, हाम्रो रहर’ अभियानलाई सार्थक बनाउन प्रदेशका सबै सहरमा स्थानीय सरकारसँगको सहकार्यमा घरको नक्सा पास गर्दा उक्त कार्यक्रमण संचालन गरिने बताए ।