थोराङ्ला भञ्ज्याङमा लेक लागेर पर्यटकको मृत्यु

तु खबर संवाददाता
२०८१ जेष्ठ ३१,बिहीबार १६:४१
सांकेतिक तस्वीर

मनाङ । मनाङको मनाङ ङिस्याङ गाउँपालिका–८ स्थित थोराङ्ला भञ्ज्याङ पार गर्ने क्रममा बुधबार लेक लागेर एक पर्यटकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धादिङको गङ्गा जमुना गाउँपालिका–५ फुलखर्कका हरि अधिकारी रहेको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए ।

प्रजिअ लामिछानेका अनुसार, अन्नपूर्ण पदमार्गअन्तर्गतको पाँच हजार चार सय १६ मिटर उचाइमा अवस्थित थोराङ्ला भञ्ज्याङ पार गर्ने क्रममा अधिकारीको मृत्यु भएको हो ।

पदयात्राका क्रममा थोराङ्ला भञ्ज्याङमा अधिकारीलाई लेक लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको हो ।

धिकारीको शव हेलिकप्टरमार्फत काठमाडौं लगिएको जनाइएको छ ।