वर्षाका कारण नेपाल र श्रीलंकाबीचको खेल रद्ध

तु खबर संवाददाता
२०८१ जेष्ठ ३०, बुधबार ०९:५८
तस्वीरः पत्रकार दिपेन्द्र कुँवर

अमेरिका । आइसीसी टि ट्वान्टी विश्वकप अन्तरगत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्ध भएको छ ।

अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड क्रिकेट स्टेडियममा स्थानीय समय अनुसार साढे ८ बजे पिच निरीक्षण सुरु भए लगत्तै पानी पर्न थालेपछि खेल रद्द गर्ने निर्णय गरिएको हो । लगातारको वर्षाका कारण खेल रद्द भएसँगै नेपाल र श्रीलंकाले समान १/१ अंक बाँडेका छन् ।

समूह डिमा रहेको नेपालको २ खेलबाट १ अंक भएको छ भने श्रीलंकाको ३ खेलबाट १ अंक छ । ३ खेलमा श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिकासँग पराजित भएको हो भने नेपालसँग वर्षाका कारण १ अंक बाँडेको हो ।

यता नेपाल नेदरल्याण्डसँग पराजित भएको थियो भने श्रीलंकासँग अंक बाँड्न बाध्य बनेको हो ।

नेपालले दक्षिण अफ्रिकासंग १५ तारिक रबंगलादेशसँग १७ तारिकमा खेल्नेछ । बाँकी दुवै खेल जितेको खण्डमा नेपालले सुपर ८ को यात्रा तय गर्नेछ ।
खेल रद्ध भएसँगै खेल हेर्न गएका नेपाली दर्शकहरुमा निराशा छाएको छ ।