मकवानपुरमा एक युवक मृत अवस्थामा फेला

तु खबर संवाददाता
२०८१ जेष्ठ २९,मंगलवार ०९:५६
सांकेतिक तस्वीर

मकवानपुर । मकवानपुरमा सोमबार एक युवक मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको थाहा नगरपालिका वडा नं.३ दहचोक बस्ने २८ वर्षीय अनुज खत्री मृत अवस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार, खत्री पालुङ डाँडावासभित्री सडकखण्डको सडक छेउको नालामा मृत अवस्थामा फेला परेका हुन् ।

उनको मानसिक सन्तुलन ठिक नभएको बुझिएको छ । उनी घोप्टो परेको अवस्थामा मृत भेटिएका हुन् ।

स्थानीयहरुले देखेपछि प्रहरीमा खबर गरेका थिए । प्रहरीले घटनास्थलको मुचुल्का पश्चात थप अनुसन्धान गरिरहेको जनाइएको छ ।