विश्व वातावरण दिवसमा ‘नवोदय रन’ कार्यक्रमको आयोजना
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयले वातावरण दिवसको अवसरमा ‘नवोदय रन’ कार्यक्रम आयोजना गरेको छ ।
नवोदय शिशु सदन अङ्ग्रेजी माविले ५२ औँ विश्व वातावरण दिवसको अवसरमा उक्र कार्यक्रमको आयोजना गरेको हो ।
मकवानपुरमा रहेका १० वटा सामूदायिक तथा संस्थागत विद्यालयका ८६ जना विद्यार्थीले नवोदय रन दौड प्रतियोगितामा सहभागिता जनाएका थिए ।
नवोदय रन प्रतियोगितामा छात्रतर्फ भानु माध्यमिक विद्यालयका रोजन विक प्रथम, आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका अभिनेककुमार यादव द्धितिय र नवोदय शिशु सदन विद्यालयका प्रहस्थ खड्का तृतीय भए ।
यस्तै, प्रतियोगितामा भानु माध्यमिक विद्यालयका बिफल लोप्चन र आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका बिजय राज पाश्वान सान्त्वना हुन सफल भए ।
४ किलो मिटर दौड प्रतियोगितामा भानुका रोजनले १४ मिनेट ३७ सेकेण्डमा दूरी पार गरेका थिए ।
यसैगरी, छात्रातर्फ भानु माध्यमिक विद्यालयका कृषा डिम्डुङ प्रथम, भानुकै सरस्वती अर्याल द्धितिय र श्रमिक माध्यमिक विद्यालयकी अस्मिता गौतम तृतीय हुन सफल भए ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद ५ हजार, ३ हजार र २ हजार रुपैयाँसहित प्रमाण पत्र र मेडल प्रदान गरिएको थियो ।
कार्यक्रम विद्यालयका प्रधानाध्यापक मनोज थिङको अध्यक्षतामा भएको हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशीको प्रमुख आतिथ्यता रहेको थियो ।
