सरकारी तथा स्वामित्व नखुलेका सवारी साधनहरु लिलाम बिक्री
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आइतबार सरकारी तथा स्वामित्व नखुलेका वेवारिसे सवारी साधनहरु लिलाम बिक्री गरेको छ ।
सरकारी तथा स्वामित्व नखुलेका चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारी साधन लिलाम बिक्री गरेको मकवानपुर प्रहरीका प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
चार पाङ्ग्रे दुई वटा र दुई पाङ्ग्रे १५५ वटा सवारी साधनहरु लिलाम बिक्री गरेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, वेवारिसे उक्त सवारी साधन बिक्री गर्ने भनि तालुक कार्यालयको आदेशानुसार मकवानपुर प्रहरीले गत बैशाख ७ गते बोलपत्र आव्हान गरिएको थियो ।

सोही अनुरुप जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ स्थितमा रहेको रेड राईजिङ सप्लायर्सले सबै भन्दाबढी करसहित जम्मा रु. १९ लाख ४३ हजार ९ सय ३४ रुपैयाँ ४७ पैसा स्वीकृत भई आज उक्त सवारी साधन उठाएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
