एमाले मकवानपुरको अधिवेशन आजबाट

मकवानपुर । नेकपा एमाले मकवानपुरको १२ औं जिल्ला अधिवेशन आजबाट सुरु हुँदैछ । अधिवेशन रोयल पार्टी प्यालेस, हेटौंडामा हुने भएको हो ।
आज र भोलि दुई दिनसम्म संचालन हुने उक्त अधिवेशनको एमालेका महासचिब शंकर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम रहेको एमाले मकवानपुरले जनाएको छ । एमाले मकवानपुरका अनुसार, अधिवेशनको उद्घाटन कार्यक्रम बिहान साढे ११ बजे हुनेछ ।
यसअघि पार्टीका केन्द्रीय अध्यक्ष केपी ओलीले अधिवेशनको उद्घाटन गर्ने भनिएपनि अन्तिम समयमा आएर उनी नआउने जानकारी गराइएको हो ।
अधिवेशनमा जिल्लाका १० वटै पालिकाबाट प्रतिनिधि, पर्यवेक्षक र विभिन्न क्षेत्रसंग सम्बन्धित व्यक्तित्व, पार्टीको जनवर्गीय संगठनहरुबाट सहभागीता रहनेछ ।
अधिवेशनबाट मजदुर, पेशागत जनसंगठन, जेष्ठ कम्युनिष्ट मञ्च, सल्लाहाकार परिषद समेतबाट छानिएर ७ सय ६९ प्रतिनिधीहरुले सहभागीता जनाउने र अधिवेशनको बन्द सत्रबाट भाबी नेतृत्व समेत चयन गरिनेछ ।
साथै सम्मेलनलाई सफल गराउन दुई सय जना स्वयंसेवक परिचालन गरिएको छ ।