खोलामा डुबेर किशोरको मृत्यु

तु खबर संवाददाता
२०८१ जेष्ठ १२,शनिबार १६:५१
सांकेतिक तस्वीर

तिनाउ । तिनाउ खोलामा नुहाउन गएका एक किशोरको डुबेर मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–६ हरियाली पार्क नजिक तिनाउ खोलामा शनिबार डुबेर १७ वर्षीय किशोरको मृतयु भएको हो ।

मृत्यु हुनेमा तिलोत्तमा–५ नयाँमिल बस्ने १७ वर्षीय दिव्यांश भुसाल रहेको प्रहरीले जनाएको छ । बिहान ८ बजेतिर ३ जना नुहाउनका लागि खोलामा गएका थिए ।

नुहाउने क्रममा दिव्यांश खोलामा डुबेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।

उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।