वातावरण दिवसको अवसरमा रक्तदान कार्यक्रम

तु खबर संवाददाता
२०८१ जेष्ठ १२,शनिबार ०९:४१

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–११ वडाको टोल विकास संस्था वडा समन्वयको आयोजनामा रक्तदान कार्यक्रमको आयोजना भएको छ ।

उक्त कार्यक्रम विश्व वातावरण दिवसको अवसरमा आयोजना गरिएको हो । कार्यक्रममा २२ जनाले रक्तदान गरेका थिए ।

वडा समन्वय समिति अध्यक्ष यज्ञबहादुर आचार्यको सभाध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा वडा सदस्य विकास नेपाल, गीता सुनार, सन्जय बिडारी, गोपिनी सापकोटा, टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष धुर्ब अधिकारी लगायतकाको आतिथ्यता रहेको थियो ।