हेटौंडा–११ का महिलाहरुलाई तालिम

मकवानपुर । हेटौंडा–११ का महिलाहरुका लागि किस्टल माला तथा गरगहना बनाउने तालिम दिइएको छ । उक्त तालिम नव जागरण नेपालको आयोजनामा भएको हो ।
यही जेठ १७ गतेसम्म संचालन हुने उक्त तालिमको शुक्रबार हेटौंडा–११ की वडाध्यक्ष जुना दाहालले उद्घाटन गरेकी हुन् ।
वडा ११ कार्यालयको सहयोगमा संचालित तालिममा वडास्थित सरस्वती टोलदेखि स्मारकसम्मका ९ वटा टोल विकास संस्थाका २० जना महिलाहरुले सहभागिता जनाएका छन् ।
तालिमको उद्घाटन कार्यक्रम नव जागरण नेपालकी अध्यक्ष निर्मला बर्तौलाको सभाध्यक्षतामा भएको हो ।
तालिममा बिमला लामाले सहजीकरण गर्ने जनाइएको छ ।