गाडीको ठक्करबाट एक जनाको मृत्यु
काठमाडौं । ललितपुर महानगरपालिका–१७ ग्वार्कोमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिराहा घर भई कोटेश्वर बस्दै आएका ३२ वर्षीय जयनाथ यादव रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, प्रदेश ०२–०१–००२ प ९१७५ नम्बरको मोटरसाइकललाई राति १० बजेतिर ग्वार्कोमा पहिचान नभएको गाडीले ठक्कर दिएको थियो ।
गाडीको ठक्करबाट गम्भीर घाइते भएका यादवलाई उद्धार गरी बी एन्ड बी अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जनाइएको छ ।
मृतक यादवको शव अस्पतालमै राखिएको ।
सीसीटीभीको भिडियो हेर्दा मोटरसाइकललाई टिपरले ठक्कर दिएकोको जस्तो देखिएको भएपनि पुष्टि भइनसकेको र घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
