आज कस्तो रहला दिनभरको मौसम ?
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले नेपालमा हाल स्थानीय र पश्चिमी वायुका साथै विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ ।
जसको प्रभावले अहिले कोशी र मधेस प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
यस्तै, आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ भने कोसी, मधेस प्रदेशलगायत पहाडी भू–भागका एक–दुई स्थानमा तथा बाँकी भू–भागका केही स्थानमा चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।
यसैगरी, आज राति कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको जनाएको छ ।