हेटौंडाका १२ परिवारलाई उपहानगरको सहयोग

तु खबर संवाददाता
२०८१ बैशाख २८, शुक्रबार ०९:३३

मकवानपुर । लामो समयदेखि परम्परागत व्यवसायमा रहेका हेटौंडाका १२ परिवारलाई सहयोग प्राप्त भएको छ ।

हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा दलितबर्ग उत्थान नगर समन्वय समितिको आयोजनामा परम्परागत पेशा आधुनिकीकरण तथा आयआर्जन सामग्री वितरण गरिएको हो ।

हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले उत्थान समितिले छनौंट गरेका बिपन्न परिवारलाई सामग्री हस्तान्तरण गरेकी हुन् ।

उनीहरुलाई आधुनिक सिलाईँ तथा बेल्डिङ मेसिनसहित बाख्रा पालन र खुद्रा पसल सञ्चालनका लागि उपमहानगरले सहयोग गरेको हो ।

सहयोग हस्तान्तरण कार्यक्रम नगर समन्वय समितिका अध्यक्ष रामबहादुर नेपालीको अध्यक्षतामा भएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य सुनिता परियार, हेटौंडा उपमहानगरपालिका कार्यपालिका सदस्य इश्वरी रसाईली, उपमहानगरका सामाजिक बिकास महाशाखा प्रमुख भिमप्रसाद तिमल्सिनाको आतिथ्यता रहेको थियो ।