अभिनेता सीपी लोहनीको निधन
काठमाडौं । अभिनेता सीपी लोहनी (चिदम्बरमप्रसाद लोहनी) को निधन भएको छ । ८६ वर्षीय लोहनीको सामेबार निधन भएको हो ।
अल्माइजरबाट पीडित उनको दिउँसो साढे १ बजे निधन भएको चलचित्र कलाकार संघले जनाएको छ ।
उनको काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
उनी निजी क्षेत्रले निर्माण गरेको पहिलो फिल्म ‘माइतीघर’ का अभिनेता हुन् । लोहनी गायक समेत थिए । रेडियो नेपालमा उनले केही गीत रेकर्ड गरेका छन् ।
अभिनेता लोहनी नेपालीसहित हिन्दी र बंगाली फिल्मकी चर्चित अभिनेतृ माला सिन्हाका श्रीमान् हुन् । उनीहरुको एक छोरी छन् ।
