कक्षा १२ को परीक्षा आजदेखि सुरु

काठमाडौं । कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको छ । बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु भएको परीक्षा ११ बजेसम्म संचालन हुनेछ ।
आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा भइरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए ।
उनका अनुसार, उक्त परीक्षाको यही वैशाख २६ गतेसम्म संचालन हुनेछ ।
परीक्षा संचालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, कार्यालय सहयोगी गरी ३४ हजार एक सय ७१ जनशक्ति र १८ हजार तीन सय प्रहरी परिचालन गरिएको छ ।