बागमती नदीमा डुबेर खड्काको मृत्यु

तु खबर संवाददाता
२०८१ बैशाख ५, बुधबार १८:०६
file-photo

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–१ ओख्रेनी चिलाउनेस्थित बागमती नदीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा १९ वर्षीय युवक अनिल खड्का रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, खड्काको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

मृतक खड्का रामेछापको उमाकुण्ड गाउँपालिका–२ घर भई काठमाडौं सितापाईला बस्दै आएका थिए ।