साहित्यकार प्रकट पगेनीको निधन

तु खबर संवाददाता
२०८१ बैशाख ४, मंगलवार १७:२४

पोखरा । पोखराका साहित्यकार तथा गीतकार प्रकट पगेनी ‘शिव’ को मंगलबार दिउँसो निधन भएको छ ।

निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि मणिपाल शिक्षण अस्पतालमा भर्ना भएका उनको उपचारको क्रममा मृत्यु भएको हो ।

स्व. शिव कविता, गीतसहित शृंगारिक गजलमार्फत् प्रख्यात थिए । उनको कविता, गजलका किताब प्रकाशित छन् भने ‘तगारो छेउ आएर पनि आँगनी टेकिनौ’ जस्ता गीत चर्चित छन् ।

पछिल्लो समय प्रकटले जन्मगाउँ रूपा गाउँपालिकामै बसेर फार्म र कटेज सञ्चालनको तयारी गरिरहेका थिए ।