महिला मिलन सहकारीको स्थापना दिवस मनाइयो

तु खबर संवाददाता
२०८१ बैशाख ४, मंगलवार १७:०४

मकवानपुर । महिला मिलन बचत तथा ऋण सहकारी संस्थाको स्थापना दिवस मनाइएको छ ।

मंगलबार एक कार्यक्रमको आयोजना गरी सहकारीको २४ औं स्थापना दिवस मनाइएको हो ।

कार्यक्रम सहकारी अध्यक्ष मिना थापाको सभाध्यक्षता एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरकी उपाध्यक्ष मिनाकुमारी चौरेल, हेटौंडाका सहकारी विभाग प्रमुख हिमप्रसाद पौडेल, राष्ट्रिय सहकारी बैंक हेटौंडाका शाखा प्रमुख रामेश्वर अर्याल, नेपाल बचत तथा ऋण सहकारी संस्था मकवानपुरको फिल्ड इन्चार्ज विदुर खड्का, हेटौंडा–१३ का वडाध्यक्ष पेम्पा लामालगायतको आतिथ्यता रहेको थियो ।